विराटनगर, बैशाख ६

विराटनगर महानगरपालिका–७ अस्पताल चोकमा सोमबार राति १२ बजे भएको आगलागीमा होटल र चार पसल पूर्णरूपमा नष्ट भएको छ ।

विराटनगर महानगरपालिका वारुणयन्त्र कार्यालयका दिनेशकुमार चौधरीका अनुसार कुमारप्रसाद घिमिरेको घरमा सञ्चालित होटल र किराना पसलमा भएको आगलागी बाट जलेर नष्ट भएको भएका छन ।

उक्त आगो विराटनगरका तीन र दुहवी नगरपालिकाको एक वारुणयन्त्र, प्रहरी र सर्वसाधारणको सहयोगमा आज बिहान २ बजे नियन्त्रणमा लिएको थियो ।

आगो के कसरी लागेको सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको छ ।
भने क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको चौधरीले बताएका हुन ।

आगो नियन्त्रणका गर्ने क्रममा कार्यालय तीन कर्मचारीहरु घाइते भएका थिए ।
उनिहरुको उपचार स्थानीय म्याक्स अस्पतालमा भइरहेका छन ।