
जनकपुर, बैशाख ६
धनुषाको जनकपुरधाम उपमहानगरपालिका–२२ बसबिट्टीमा सोमबार राति एक मोटरसाइकल पल्टिँदा चालकको मृत्यु भएको र एकजना घाइते भएका छन् ।
दुर्घटनामा परि गम्भीर रुपमा घाइते भएका चालक धनुषा–७ का अन्दाजी ३२ बर्षीय मिश्री साहको उपचारको क्रममा जनकपुर स्थित प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएका छन ।
सोही दुर्घटनामा घाइते भएका मोटरसाइकलमा पछाडी सवार भएका कृष्ण दासको अस्पतालमा उपचार भइरहेको छ ।
महोत्तरीबाट जनकपुर तर्फ आउदैँ गरेको ज १ प ७४ ५९ नम्बरको मोटरसाइकल गएराती पौने १० बजे तिर अनियन्त्रीत भई पल्टिएका थिए ।