
एजेन्सी, बैशाख ६
चीनमा यता केही दिन देखि कोरोना भाइरसका संक्रमितको संख्या बढ्न थालेको छ ।
पछिल्लो केही दिनयता संक्रमित व्यक्तिको संख्या बढ्न थालेको त्यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीले बताएका छन् । चीनका विभिन्न सहरमा कोरोना भाइरसका संक्रमितहरुको संख्या सोमबार मात्र ३ हजार भन्दा बढी पुगेको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।
सोमबारको तथ्यांक अनुसार यहाँ ३ हजार २९७ जना कोरोना संक्रमित देखिएका थिए । ती मध्ये सबैभन्दा धेरै सांघाइ सहरमा पाइएको बताइएका छ । चीनको नेसनल हेल्थ कमिसनले सोमबार भेटिएका मध्येका ३ हजार ८४ जना सांघाइकै रहेका बताएको छ ।
त्यहाँ थप संख्यामा कोरोना भाइरसका संक्रमित भेटिन थालेको चीनको नेशनल हेल्थ कमिसनले जानकारी दिएका छन ।
सो कमिसनका अनुसार चीनभित्रै जिलिन, सांदोन, सान्सी प्रान्तका केही स्थानमा पनि संक्रमित पाइएका हुन् । यी सहरहरुमध्ये सबैभन्दा बढी अहिले सांघाइमा भेटिएको छ् ।
चीनमा पछिल्लो समयमा संक्रमित भेटिन थालेपछि यहाँको सरकारले कोरोनाबाट निको भएका नागरिकहरुमा पनि पुनः स्वास्थ्य जाँच गर्न सुरु गरेको छ ।