काठमाण्डौं, बैशाख ६

उपत्यकामा बसोबास गर्ने धेरैलाई ‘कोन्ज्योसोम’ नाम कठीन लाग्न सक्छ । ललितपुर जिल्लामा बसोबास गर्नेलाइ नै पनि यो नाम अनौठो लाग्न सक्छ ।

ललितपुर जिल्लाका ६ स्थानीय तह एक महानगरपालिका ९ललितपुर०, दुई नगरपालिका ९महालक्ष्मी र गोदावरी०, तीन गाउँपालिका ९महांकाल, बाग्मती र कोन्ज्योसोम०मध्येको कोन्ज्योसोम एउटा महत्वपूर्ण गाउँपालिका हो ।

कुनै बेला उपत्यकाको ‘कर्णाली’ नामले चिनिने यो गाउँपालिकाले आफ्नै ऐतिहासिक तथा सांस्कृतिक पहिचान प्राप्त गरेको छ कोन्ज्योसोम । साविक नल्लु, भारदेउ, चौघरे, शंखु र दलचौकी गाविसको चौहद्धि मिलाएर बनेको कोन्ज्योसोमको अर्को राजनैतिक परिचय हो उपत्यकामा माओवादीले जितेको एकमात्र स्थानीय तह ।

कोन्ज्योसोमको पहिचानः

भोट बर्मेली भाषा परिवारसँग सम्बन्धित तामाङ भाषा अन्तर्गत बौद्ध सभ्यताको पहिचान कोन्ज्योसोमले बोकेको छ । बौद्ध दर्शनमा बुद्ध रत्न, धर्म रत्न र संघ रत्नलाई तीन रत्न वा मार्ग भनिन्छ । बौद्ध सभ्यतामा संघको स्थान अत्यन्तै महत्वपूर्ण हुन्छ ।

बुद्धत्व प्राप्तिको लागि धर्म रत्नको अनुशरण र अभ्यास गर्ने अनुयायी हरुको समुहलाई बौद्ध संघ भनिन्छ । सामन्यतया यी तीन रत्नलाई शरण स्थानको केन्द्र बिन्दुमा स्वीकार गरि शरणगमन शिल तथा पञ्चशील पालना गर्ने ब्यक्तिहरुको समूहमात्र बौद्ध संघ हुन्छ । बौद्ध सभ्यताको यसै नामबाट यो गाउँपालिकाले पहिचान पाएको छ ।

कोन्ज्योसोमको कैरन ः

कोन्ज्योसोमको कैरन माथि उल्लेखित नामको पहिचानलेमात्र प्रख्यात भएको हैन । पहिलो त उपत्यकामा माओवादीले विजय प्राप्त गरेको एकमात्र आधारस्तम्भ हो । दोस्रो पालिकाका माओवादी जनप्रतिनिधिले खेलेको भूमिकाको कारण आज कन्ज्योसोमले कर्णाली हैन घुमघाम गर्ने नजिकको रमाइलो गन्तव्यको रुपमा स्थापित हुन पाएको छ ।

ललितपुरको चापागाँउ सातदोवाटोबाट २५ किलामिटरमा पुगिने कोन्ज्योसोमले वर्षौ कर्णाली नामको पीडा खेप्यो । करिव ७ हजार केही बढी मतदातामात्र रहेको कोन्ज्योसोम पाँचवटा वडामा प्रशासनिक रुपले विभाजित छ ।

कांग्रेस एक वडा र एमाले झिनो संख्यामा गाउँ पालिकामा प्रतिनिधित्वमा छ । गाउँपालिकामा कांग्रेस र एमालेको झिनो उपस्थितिकै कारण कोन्ज्योसोमले चोला फेर्न सफल भएकामा भने दुई मत हुन सकिन्न । परिवर्तन पक्षधरको पक्षमा गाउँपालिकाको नेतृत्व पुग्यो भने कस्तो गाउँ बन्छ भन्ने उदाहरण कोन्ज्योसोम हो । अर्को उदाहरण मधेस प्रदेश अन्तर्गत सर्लाही जिल्लाको बाग्मती नगरपालिका हो ।

जनताको आधारभूत आवश्यकता, जनजिविकालाई प्राथमिकतामा राखेको गाउँपालिकाले गरेको सबै फेहरिस्त यहाँ दिन सकिन्न । तर, मोटोरुपमा राख्दामात्र पनि पालिकाको तस्वीर आउँछ । कृषि, स्वास्थ्य र शिक्षामा गाउँपालिकाले खेलेको भूमिकाले कोन्ज्योसोमलाई अगाडि ल्याउने हर प्रयत्न गरेको छ ।

कृषि परियोजनाः

संविधानले स्थानीय तहको अधिकारको अनुसूची –८को बुँदा –१५ मा कृषि तथा पशुपालन, कृषि उत्पादन व्यवस्थापन र बुँदा १८ मा कृषि प्रसारको व्यवस्थापन र नियन्त्रणको अधिकार दिएको छ । तर कतिपय पालिका यी अधिकारसंग बेखबर जस्तै छन । तर कोन्ज्योसोमले यी अधिकारको प्रयोग गर्न खोजेको छ ।

कृषिको एउटा विधामा मात्र बहस केन्द्रित गर्ने हो भने मात्र पनि कोन्ज्योसोमले प्रगति पथतर्फ लम्किने लक्ष केन्द्रित गरेको छ । यतिखेर राजधानीमा करिव २५ हजार लिटर दुध आपुर्ति गर्न कोन्ज्योसोम सक्षम भैसकेको छ । भैसी पालन परियोजना सम्पन्न भैसकेपछि यसको परिणाम एउटा सार्थक प्रयास अन्तर्गत हुनेनै छ । भैंसी परियोजनालाई स्थायित्व दिनलाई पालिकाले अगाडि सारेको विमा अनुदान एउटा नमूना हो । पालिकामा भैंसीको मूल्य डेढ लाख निश्चित गरिएको छ ।

मूल्य निश्चित गरिएकोले यसमा आउने विमामा खेलेर कमाउ धन्दालाई निषेध भएको छ । पशुपालनमा मात्र १४ करोड मूल्यको विमा कार्यक्रम लागु गरिएको छ । नेपाल राज्यभर पशुपालनमा सतप्रतिशत विमा सुविधा दिने गाउँपालिका कोन्ज्योसोम मात्रै हो । यसरी नै कृषि सहकारी लक्ष प्राप्ति गर्ने अर्को कार्यक्रम सहकारी गाई पालन हो । कम्युनको नमूनामा स्थापित गाईपालन कार्यक्रममा ४५ वटा गाई पालनबाट सुरु गरिएको छ ।

दुई सय गाईपालन गर्ने लक्ष लिएको यो कार्यक्रम अन्तर्गत स्थानीय वासिन्दाको जनजिविकाको लागि एउटा कोशेढुंगा सावित हुनेछ । यसरी कृषि विधाको एउटा क्षेत्र मात्र हैन कृषि पकेट कार्यक्रम अन्तर्गत मकै, फलफुल, चिया, किवी आदिको छुट्टै पकेटको सफलतासंगै यहाँको जनजिविकामा एउटा परिणाम ल्याउने कुरामा विश्वास लिन सकिन्छ ।

एक स्कूलः एक नर्स

संविधानले व्यवस्था गरे अनुसार आधारभूत माध्यमिक शिक्षा ९संविधानमा भएको स्थानीय तहको अधिकारको सूची नं ८ को बन्दोबस्त गर्ने अधिकार स्थानीय तहको हो । तर, धेरै स्थानीय सरकार यो विषयमा उदासिन छन् । तर, कोन्ज्योसोमले यो अधिकारलाई भरपुर उपयोग गर्न खोजेको छ । विगतमा १७ वटा सामुदायिक विद्यालय लथालिंगे परिपाटीलाइ अन्त्य गर्दै पालिकाले शिक्षाको क्षेत्रमा लगेको कार्यक्रम पनि उल्लेखयोग्य छ ।

यसमध्ये ६ वटा माध्यमिक विद्यालयलाई एकीकरण र भौतिक सुधार गर्दै तीनवटा जोड दुई स्कूल र प्राविधिक शिक्षालयतर्फ जोड दुईसम्मको कृषि तरकारी बाली विषय पठनपाठनको व्यवस्था छ । तर राज्यले स्थानीय तहलाई आधारभूत शिक्षा सञ्चालन गर्ने पूर्ण स्वायत्तता अझै दिएको छैन । सबैभन्दा संवेदनशिल कुरा त प्रतेक स्कूलमा एकजना नर्सको व्यवस्थापन गरेर विद्यार्थीको दैनिक स्वास्थ्यलाई हेरविचार गरेको छ । शिक्षाको क्षेत्रमा कोन्ज्योसोमको यो कार्यक्रम बाँकी पालिकाले अनुशरण गर्नु पनि त्यत्तिकै लाभदायक हुनेछ ।

जनस्वास्थ्यमा अब्बल ः

संविधान अनुसार स्थानीय तह अधिकारको सूची ९बुँदा–९०अन्तर्गत आधारभूत स्वास्थ्य र सरसफाइ स्थानीय तहको अधिकार क्षेत्र भित्र पर्छ । यो अधिकारलाई उपयोग गर्दा नै जनस्वास्थ्यको व्यवस्था हुने हो । यसक्रममा कोन्ज्योसोम पालिकाले पाँचै वडामा हेल्थ पोष्ट र ९० प्रकारका औषधि निशुल्क वितरण गर्ने गरेको विषय अध्यक्ष गोपीलाल सिङ्तेनले सगौरव बताए ।

पालिकाकै अध्यक्ष सिङतेनका अनुसार प्रदेश सरकारको कर्मचारी ९एक डाक्टर, एक नर्स र एक सहयोगी०को सहयाृेगमा १० बेडको कोभिड अस्पताल सञ्चालनमा ल्याइएको छ । यसरी नै १० बेड क्षमताको अर्को अस्पताल निर्माणाधिन छ । स्वास्थ्य सरसफाइको क्षेत्रमा पालिकाका महिलाहरुको लागि निशुःल्क सेनेटरी प्याड वितरण गर्ने गरिएको छ ।

यस्तै पालिकाले सामाजिक सूरक्षा अन्तर्गत जेष्ठ नागरिक सम्मानमा जाडोको लुगा तथा सिरक वितरण, उपचार खर्च र अपाङ्ग खर्चको पनि व्यवस्था पालिकाले गरेको छ ।

गाउँपालिकाका अध्यक्ष गोपीलाल सिङतेनको जनमूल्याङ्कन त भैसकेको छ । तामाङ समुदाय र बौद्ध सभ्यताको घनावस्ती भएको यो पालिकालाई निर्माणाधिन कोन्ज्योसोम प्रतिमा र शान्ति पार्कले उजिल्याउन त अझै बाँकी नै छ ।