एजेन्सी, बैशाख ६
आज मगंलबार हुने इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा रोयल चैलेन्जर बैगलोर र लखनऊ सुपर जाईंट प्रतिस्पर्धा गर्नेछन ।
मुम्बईमा हुने बैगलोर र लखमऊ बीचको खेल नेपाली समय अनुसार साँझ ७ः ४५ सुरु हुनेछ ।
आज हुने खेलमा जित निकाल्दै बैगलोर तालिका को प्रथम स्थानमा उक्लने योजनामा रहने छ ।
लिगमा भएको ६ खेल खेलेको बैगलोर ८ अंक जोडेर तालिकाको चौथो स्थानमा रहेको छ ।
उता लखनऊ पनि आजको खेलमा जित निकाल्न सकेमा तालिकाको प्रथम स्थानमा उक्लने छ ।
लिगमा भएको ६ खेल खेलेको लखनऊले ८ अंक जोडेर तालिकाको तेस्रो स्थानमा रहेको छ ।
आज हुने खेलमा जित्ने टिम पहिलो स्थानमा पुगनेछ ।