जनकपुर, बैशाख ६

मधेश प्रदेशको राजधानी जनकपुरधाममा जनमत पार्टीले अनितादेवी साहलाई स्थानीय तहको निर्वाचनमा उम्मेदवारका रुपमा अघि सारेको छन् ।

मंगलबार जनकपुरधाम स्थित जनमत पार्टीले जनकपुरधाम उपमहानगरपालिकाको मेयरका लागि नेतृ साहलाई उम्मेदवार बनाउने भएको हो ।

जनमत पार्टीकी केन्द्रीय सचिव समेत रहेकी नेतृ साहलाई मेयरका उम्मेदवार बनाउन सिफारिस गरेको डा. सीके राउतको सचिवालयले जनाएको छ ।

यस अघि सोमबार जनमत पार्टीले जनकपुरधाम उपमहानगरपालिकाका लागि संचारउद्यमी वैद्यनाथ साहको नाम समेत चर्चामा रहेको थियो । तर अन्तिमसमयमा भने नेतृ साहलाई अघि सारेको छ ।

जनमत पार्टीले सोमबार १ सय १० वटा पालिकाको प्रमुख तथा उपप्रमुखको टुंगो लगाएको थियो ।