
एजेन्सी, बैशाख ७
इन्डियन प्रिमियर लिग (आइपीएल) टी–२० क्रिकेटमा मगंलबार राति भएको खेलमा लखनऊ सुपर जायन्ट्सलाई १८ रनले पराजित गर्दै रोयल च्यालेन्जर्स बेंगलोरल पाँचौ जित निकालेको छ ।
१८२ रनको विजयी लक्ष्य पछ्याएको लखनऊ २० ओभरमा ८ विकेट गुमाउँदै १६३ रनमा समेटिएका थिए ।
ल्खनऊका लागि कुनाल पान्ड्याले सर्वाधिक ४२ रन बनाए । लोकेश राहुलले ३० रनको योगदान गरे । बेंगलोरका जोश हेजलवुडले ४ ओभरमा २५ रन खर्चेर ४ विकेट लिए ।
यसअघि मुम्बईमा टस हारेर ब्याटिङ निम्तो पाएको बेंगलोरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८१ रन बनाएका थिए ।
बेंगलोरका कप्तान फाफ डु प्लेसिसले सर्वाधिक ९६ रन बनाए । लखनऊका दुश्मन्था चामिरा र जेसन होल्डरले समान दुई विकेट लिए ।
जितपछि बेंगलोर अहिले सम्म भएको ७ खेलमा ५ मा जित र २ मा हारसहित १० अंक जोडेर दोस्रो स्थानमा छ । भने लखनऊ ७ खेलमा ४ मा जित र ३ मा हारसहित चौथो स्थानमा छन ।