
एजेन्सी, बेशाख ७
बलिउड सुपरस्टार शाहरुख र राजकुमार पहिलो पटक सँगै काम गर्न लागेका छन ।
शाहरुख खानले फिल्म निर्माता राजकुमार हिरानीसँगको आगामी फिल्म ‘डंकी’ को औपचारिक घोषणा गरेका छन् ।
शाहरुखले सामाजिक सञ्जालमा एउटा भिडियो शेयर गरेका छन्, जसमा उनले फिल्मको नाम खुलाएका छन् । यो फिल्म राजकुमार हिरानीको ड्रिम प्रोजेक्ट रहेको छ ।
शाहरुखको यो फिल्म जियो स्टुडियो, रेड चिलीज इन्टरटेनमेन्ट र राजकुमार हिरानी फिल्म्सले संयुक्त रूपमा प्रस्तुत गर्नेछ् ।
यस फिल्ममा शाहरुख खानसँग तापसी पन्नु मुख्य भूमिकामा देखिनेछिन् ।
फिल्मलाई राजकुमार हिरानी, अभिजात जोशी र कनिका ढिल्लनले लेखेका हुन् । फिल्म २२ डिसेम्बर २०२३ मा सिनेमाघरमा रिलिज हुनेछ ।
फिल्मको बारेमा कुरा गर्दै राजकुमारले भने, ‘मेरो करियरमा शाहरुख खान सधैँ मेरो इच्छाको सूचीमा रहेका थिए । धेरै पटक सँगै काम गर्ने प्रयास गरेपछि अब हामीसँगै ’डंकी’ फिल्म बनाउन लागेका छौँ।
शाहरुख खानले थप भने, ‘राजकुमार हिरानी यस पुस्ताका उत्कृष्ट फिल्म निर्माताहरूमध्ये एक हुन्, हामीले सधैँ सँगै काम गर्ने कुरा ग¥यौँ र म धेरै खुसी छु कि हामी सँगै ’डंकी’ बनाइरहेका छौँ।
हामीले यही महिनाबाट फिल्मको छायाङ्कन सुरु गरेका थियौँ। म यसको हरेक पलको कदर गर्दैछु, राजुको लागि, म गधा, बाँदर … जे पनि बन्न सक्छु!’
अर्कोतर्फ, चलचित्रको मुख्य भूमिकामा रहने तापसी पन्नुले भनिन्, ‘म यो यात्रा सुरु गर्न र यो धेरै विशेष फिल्मको हिस्सा बन्न पाउँदा निकै उत्साहित रहेको छु ।
मलै पहिलो पटक राजकुमार हिरानी र शाहरुख खानसँग काम गर्ने मोका पाएको छु ।’