बारा, बैशाख ७

मंगलबार बेलुका बाराको कलैया उपमहानगरपालिका–१८ मनगढवामा भएको टेम्पोको ठक्करबाट एक जना महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय ५० वर्षीया कौशिलादेवी रहेकी छन् ।

टेम्पोको ठक्करबाट गम्भीर घाइते भएकी महिलाको उपचारका क्रममा नेशनल मेडिकल कलेज वीरगञ्जमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सडक पार गर्दै गरेकी महिलालाई हिजो बेलुकी ८ बजे ना १ ह ६० ८२ नम्बरको टेम्पोले ठक्कर दिएको थियो ।

टेम्पो सहित चालकलाई जिल्ला प्रहरी कार्यालय बाराले नियन्त्रणमा लिएका छन ।