महोत्तरी, बैशाख ७

महोत्तरीको भंगहा नगरपालिका मेयर संजिव कुमार साहले कुमारी बैंकको शाखा कार्यालयमा तालाबन्दी गरेका हुन् ।

सामाजिक सुरक्षा भत्ता नदिएको भन्दै जनप्रतिनिधिले बैंकमा ताला लगाएका छन् ।

भंगहा नगरपालिकाबाट खातामा जम्मा गरेको समाजिक सुरक्षा भत्ता चार महिनासम्म पनि वितरण नगरेको भन्दै उनले भंगहाको सीतापुर बजारस्थित बैंकको शाखामा तालाबन्दी गरेका हुन् ।

बुधबार दिउँसो तालाबन्दी गरेपछि बैंकको सेवा प्रवाह बन्द भएको छ भने सेवाग्राहीले सास्ती बेहोर्नु परेको छ ।

उनले करिब ५ महिना अघि वृद्धभत्ता, एकल महिला भत्ता वापतको रकम बैंकमा जम्मा गरिसक्दा पनि हालसम्म बैंकले भत्ता नबाटेकोले बैँकमा तालाबन्दी गरेको जानकारी दिएका हुन ।