जनकपुर, बैशाख ७

सत्तारुढ गठबन्धनको बैठकबाट स्थानीय तह निर्वाचनका लागि महानगर र उपमहानगरपालिका प्रमुख र उपप्रमुखमा भागबण्डा मिलाएको छ ।

सो भागबण्डाको आधारमा मधेश प्रदेशको राजधानी जनकपुरधाम उपमहानगरपालिका जनता समाजवादी पार्टी (जसपा) नेपालको भागमा परेको छ ।

गठबन्धनको बैठकबाट जनकपुरधाम उपमहानगरपालिका जसपा नेपाललाई दिने निर्णय गरेपछि जनकपुरधाममा नेपाली काँंग्रेसका कार्यकर्ताहरु आक्रोशित देखिएका छन् ।

केन्द्रमा गठबन्धनले गरेको निर्णयलाई आफूहरुले नमान्ने भन्दै नेपाली काँग्रेस जनकपुरधामका नगरसभापति मनोज साहले बताएका छन् ।

गठबन्धनको भागवण्डाको निर्णय नेपाली कांग्रेसलाई आघात पुर्याउने भन्दै केन्द्रको निर्णयको घोर भत्र्सना गर्नुका साथै कडा बिरोध गर्ने नगर सभापति साहले चेतावनी दिए ।

No photo description available.

उनले भने, ‘हामीले केन्द्रिय निर्णयको विरोध गर्छौँ, यसले काँग्रेसी कार्यकर्ताहरुको मनमा आघात पुगेको छ ।’ उनले अघि थप्दैँ भने, ‘यो निर्णय बिरुद्ध वडा समिति, नगर समिति, क्षेत्रीय समिति सबै आक्रोशित छन् ।’ उनले केन्द्रिय गठबन्धनको निर्णय विरुद्ध विद्रोह गर्ने बताएका छन् ।

उनले जिल्ला उपलब्ध शिर्ष नेताहरुसंग छलफल गरेर आगामी रणनीति तयार गर्ने र गठबन्धनको बिरोधमा उत्रिने चेतावनी दिए ।

यता नेपाली कांग्रेस धनुषाका सभापति योगेन्द्र पजियारले केन्द्रमा गठबन्धन गर्ने निर्णय स्वीकार गर्नुपर्ने बाध्यता रहेपनि स्थानीय कार्यकर्ताहरुको आक्रोशप्रति आफ्नो सहमति रहेको प्रतिक्रिया दिए । उनले बिहिबार नेता कार्यकर्ताहरुबीच छलफल गरेर आगामी योजनाको विषय निर्णय गर्ने जानकारी दिए ।