काठमाण्डौं, बैशाख ७

काठमाडौं पछिल्लो २४ घण्टामा थप १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने कसैको मृत्यु भएको छैन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ५२८ जनाको पीसीआर परीक्षणमा ९ जना र १ हजार ३४९ जनाको एन्टीजेन परीक्षणमा ४ जना गरी १३ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट २५ जना निको भएका छन् । भने हाल देशभर ३१८ जना सक्रिय संक्रमित रहेका छन् ।
जसमध्ये ३१४ जना होम आइसोलेसनमा रहेका छन् भने ४ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

कोरोनाका बिरामीहरुमध्ये १ जना आईसीयू र भेन्टिलेटरमा कोही पनि उपचाररत् छैनन् ।
बुधबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १८ हजार ८६० पुगेको छ ।

योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ९५१ पुगेको छ भने ९ लाख ६६ हजार ४२४ जना संक्रमणमुक्त भएका छन् ।