जनकपुर,, बैशाख ७

नेकपा एमालेबाट जनकपुरधाम उपमहानगरपालिकाको मेयरका लागि सिफारिस भएको शिवशंकर साह हिराले आफु पार्टीको निर्णयलाई मान्ने बताएका छन् ।

जनकपुरधामको मेयरका लागि एमालेबाट हिराको नाम सिफारिस भइसकेपछि उनी घरदैलो कार्यक्रममा लागेका थिए । तर मेयरकै अर्का आकांक्षी जानकीराम साहले एमाले प्रवेश गरेपछि हिराले आफु पार्टीको निर्णलाई मान्ने बताएका छन् ।

नेता हिराले पार्टीमा उम्मेदवार छनोट गर्ने विधि–विधान, पद्धति रहेको र त्यसभन्दा बाहिर जाने कसैलाई अनुमति नरहेकाले अहिले पार्टीको मत मागि रहेको बताए ।

हिराले विगतमा एमालेलाई मधेश विरोधीको रुपमा षडयन्त्रपूर्वक प्रचार गरिएको भन्दै यस चार वर्षको अवधिमा पार्टीले काम गरेर आफुहरु मधेश विरोधी नरहेको पुष्टि गरिसकेको बताए ।

No description available.

नेता हिराले एमालेमा प्रवेश गरेका जानकीरामलाई स्वागत गरेको भन्दै पार्टीले मुल्यांकन गरेर टिकट दिने र त्यसलाई आफुहरुले मान्ने बताए । जानकी राम एमालेमा प्रवेश गरेपछि हिराले टिकट पाउने सम्भावना घटेको छ ।

No description available.