जनकपुर, बैशाख ७
केन्द्रिय सत्तारुढ गठबन्धन दलको बैठकबाट मधेश प्रदेशको राजधानी जनकपुरधाम उपमहानगरपालिका जनता समाजवादी पार्टी नेपालको भाग परेपनि स्थानीय काँग्रेसले भने नाम सिफारिस गरेको छ ।
जसपा नेपालको भाग परेपनि नेपाली कांग्रेसको नगर समितिले गठबन्धनको निर्णयलाई बेवास्ता गर्दै जनकपुरधाम उपमहानगरपालिकाका लागि नगरप्रमुख र उपप्रमुख पदमा तीन÷तीन जनाको नाम सिफारिस गरेको हो ।
बुधबार बसेको नेपाली कांग्रेस नगर समितिको बैठकबाट नगरप्रमुख र उपप्रमुखका लागि नाम सिफारिश गरेको जनाएको छ ।
कांग्रेस जनकपुरधाम नगर कार्यसमितिले नगरप्रमुख पदमा मनोजकुमार साह, किशोरी साह र राकेश बिक्रम साहको नाम सिफारिस गरेको छ । भने उपप्रमुख पदमा इन्दिरा चौधरी, रुणा झा र शान्ति बिष्ट घिमिरेको नाम सिफारिस गरेको जनाएको छ ।
यता जनकपुरधाम उपमहानगरपालिका जसपाको भाग परेको विषयको कडा बिरोध गर्ने बैठकबाट निर्णय गरेको नगरसभापति मनोजकुमार साहले बताए ।