सर्लाही, बैशाख ७
सर्लाहीको इश्वरपुर र लालबन्दी नगरपालिकाका केही वडामा नेकपा माओवादी केन्द्रले उम्मेदवार सिफारिस गरेको छ ।
बुधबार इश्वरपुर र लालबन्दी नगर कमिटिको छुट्टा छुट्टै बसेको नगरको बैठकले इश्वरपुर नगरपालिका र लालबन्दी नगरपालिकामा नगर प्रमुख सहित ९/९ वटा वडामा उम्मेदवारहरु सर्व सहमत चयन गरेको छ । आन्तरीक रुपमा वृहत छलफल गरि नगर कमिटिले १५ वटा वडाहरु मध्य ९ वटा वडामा उम्मेदवार सर्वसहमत रुपमा चयन गरिएको माओवादी केन्द्र इश्वरपुर नगर कमिटि अध्यक्ष नरेश महतोले जानकारी दिए ।
उनले नगर प्रमुख पदका लागि डा. जय प्रकाश चौधरी, वडा नम्बर २ मा मोदनाथ आर्चाय(मणी), वडा नम्बर ३ मा यादव प्रसाद मैनाली, वडा नम्बर ४ मा सुनिल मोक्तान, वडा नम्बर ७ मा विन्दु साह, वडा नम्बर ९ मा हरि नारायण साह, वडा नम्बर १२ मा सुभाष खड्का, वडा नम्बर १३ मा राजदेव महतो, वडा नम्बर १४ मा सितकुमार महतो र वडा नम्बर १५ मा राजदेव चौधरीको नाम सर्व सहमता चयन गरिएको जनाइएको छ ।
बाँकी रहेका वडाहरुमा आकांक्षीहरुसंग छलफल चलिरहेको र चाँडै नै टुंग्याउने माओवादी केन्द्र जिल्ला समन्वय समिति सर्लाहीका सदस्य विक्रम आर्चायले बताए ।
त्यस्तै इश्वरपुर नगर कमिटिले नगर उप प्रमुखको उम्मेदवार चयन गर्नका लागि आन्तरीक रुपमा छलफल चलाई रहेको छ । विभिन्न पार्टीहरुसंग गठबन्धनको पनि छलफल चलि रहेकाले उप प्रमुख पदका लागि उम्मेदवार चयन गर्न समय लाग्ने माओवादी केन्द्र इश्वरपुर नगर कमिटीका सचिव हरि नारायण साहले बताए ।
इश्वरपुर नगर प्रमुख र उप प्रमुख सहित १५ वटै वडाहरुमा जित्ने तयारीका साथ उम्मेदवारको टुंगो लगाउने माओवादी केन्द्र इश्वरपुर नगर कमिटिले जनाएको छ ।
लालबन्दी नगरको ९ वटा वडाबाट उम्मेदवार सिफारिस
त्यस्तै नेकपा (माओवादी केन्द्र) लालबन्दी नगर कमिटिले लालबन्दी नगरपालिकाका १७ वटा वडा मध्य अधिकांश वडामा उम्मेदवारहरु चयन गरेको छ ।
आन्तरीक रुपमा वृहत छलफल गरि नगर कमिटिले १७ वटा वडाहरु मध्य ९ वटा वडामा उम्मेदवार सर्वसहमत रुपमा चयन गरिएको माओवादी केन्द्र लालबन्दी नगर कमिटि सचिव राजन कुमार श्रेष्ठले बताए ।
उनले वडा नम्बर ३ मा मुत्तीनाथ चौधरी, वडा नम्बर ४ मा केदार काफ्ले, वडा नम्बर ५ मा श्रवण माझी,वडा नम्बर ६ मा योग प्रसाद दाहाल(भरत),वडा नम्बर ११ मा उमेश कुशवाह, वडा नम्बर १२ मा दुर्गा बहादुर आले, वडा नम्बर १५ मा गोरख बहादुर बल, वडा नम्बर १६ मा गणेश बहादुर थापा र वडा नम्बर १७ मा विष्णु अधिकारीको नाम सिफारिस गरिएको छ ।