
कपिलवस्तु, बैशाख ८
कपिलवस्तुकुको गोरुसिंगेमा शम्शेरदल गणमा गोली चलेका छन ।
गणमा कार्यरत ए पिलवस्तक महिला सिपाहीले २ राउण्ड गोली चलाएको कपिलवस्तु प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार गणको भित्रि पोष्टमा कार्यरत झापा जिल्ला गौरादह नगरपालिका १ कि २४ वर्षीया कोपिला राजवंशीले आफैंमाथि गोली चलाएकी हुन् । उनको पेटमा गोली लागेको छ ।
घाइते राजवंशीलाई उपचारार्थका लागि सेनाको टोलीले बुटवल ल्याएका थिए ।
त्यहाँ उपचार हुन नसकेपछि उनलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट काठमाण्डौ लगिएको प्रहरी नायव उपरीक्षक जेसी शाहले जानकारी दिएका हुन ।