एजेन्सी, बैशाख ८

बुधबार राति भएको प्रिमियर लिग फुटबल खेलमा म्यानचेस्टर सिटीले ब्राइटनलाई हराउँदै शीर्ष स्थानमा आफूलाई स्थापित गरेको छ ।

सिटीले ब्राइटनलाई ३–० ले पराजित ग¥यो । सिटीलाई जित दिलाउन रियाद महरेज, फिल फोडेन र बेर्नार्डो सिल्भाले एक–एक गोल गरे ।

घरेलु मैदानमा पहिलो हाफ गोलरहित बराबरी खेलेको सिटीले तीनै गोल दोस्रो हाफमा गरेको हो । खेलको ५३ औँ मिनेटमा महरेजले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए ।

फोडेनले सिटीका लागि ६५ औँ मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारे । ८२ औँ मिनेटमा सिल्भाले गोल गर्दै सिटीलाई ३–० को जित दिलाएका थिए ।

जितसँगै सिटीले ३२ खेलमा ७७ अङ्क जोडेर तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । सिटी दोस्रो स्थानको लिभरपुल भन्दा १ अंकले अघि छ ।

पराजित ब्राइटन ४० अङ्क जोडेर दशौँ स्थानमा रहेको छ ।