जनकपुर, बैशाख ८

बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मधेश प्रदेशका राजधानी जनकपुरधाम उपमहानगरपालिकाको मेयर पद सत्ता गठबन्धन जनता समाजवादी पार्टी (जसपा) नेपालको भागमा परेको छ ।

गठबन्धनबाट जनकपुरधाम उपमहानगर जसपा नेपालले पाएपछि मेयर पदमा पुनः मेयर लालकिशोर साह नै दोहोरिने हल्लाको वीच उनको विकल्पमा जसपाका नेता तथा कार्यकर्ताहरु जुटेका छन् ।

मेयर लालकिशोर साहले जनकपुरधाम नगरमा जनविकास भन्दा बढी ऐय्यासी र भ्रष्टचारी र कमिसनमा तल्लिन रहेको भन्दै जसपाका नेता तथा कार्यकर्ताले नगरवासीको भावना र जनकपुरधाम विकासप्रति नकारात्मक रहेको भन्दै उनको विकल्पको खोजी भइरहेको एक नेताले जानकारी दिए ।

यसैवीच जसपा नेपालले जनकपुरधाम उपमहानगर मेयर पदमा लालकिशोर साहको विकल्पको खोजीमा अम्भु प्रसाद साहको नाम चर्चामा आएको छ ।

जसपा नेपालका नेता तथा कार्यकर्ताहरुले जनकपुरधाम उद्योग वाणिज्य संघका उपाध्यक्ष समेत रहेका जसपा नेपाल धनुषाका उपाध्यक्ष अम्भुप्रसाद साहको नाम चुलिएपछि लालकिशो साहलाई मेयर पदमा दोहोर्याउने छैन ।

सत्ता गठबन्धनको भागबण्डा अनुसार जनकपुरधाम उपमहानगरपालिकाको मेयर पद जसपा नेपालको भागमा परेपछि लालकिशोर साहले दावी गरिरहँदा अम्भुप्रसाद साहको नाम चर्चामा आएपछि उनी अहिले तनावमा छन् ।

मेयर पदमा दावेदारी प्रस्तुत गर्दै अम्भुप्रसाद साहले पार्टीमा नगरभित्रका कार्यकर्ताको समर्थन र उद्योगी व्यवसायी सहित नगरवासीको माया स्नेह आफूमाथि रहेको हुनाले आफ्नो जित सुनिश्चित रहेको छ । अन्य उम्मेदवार भन्दा आफू मजबूत स्थितिमा रहेकोले पार्टीले पनि आफूमाथि विचार पुर्याउने बताए ।

उनले जनकपुरधाम नगरको विकास र समृद्धिका लागि आउने नेतृत्व युवामा हस्तान्तरण गर्नुपर्ने पार्टीले लिनुपर्ने र यसका लागि नेता कार्यकर्ताहरुले समेत दबाव श्रृजना गरिरहेको बताए । उनले भने, ‘आफू योग्य युवा उम्मेदवार पनि हुँ र आफूसँग जनकपुरधाम उपमहानगरलाई विकास गर्न सक्ने तथा स्मार्ट शहरको रुपमा विकास गर्न सक्ने भिजन भएको हुनाले दाबी प्रस्तुत गरेको हुँ ।’

जसपा नेपालबाट मेयर पदमा वर्तमान मेयर लालकिशोर साह, नगर अध्यक्ष विष्णुदेव साह, मधेश प्रदेश सदस्य बजरंग यादव र मधेश प्रदेशका नीती तथा योजना आयोगका उपाध्यक्ष भोगेन्द्र झाको पनि नाम चर्चा रहेको जसपा स्रोतको दावी छ ।