काठमाण्डौं, बैशाख ८

कतार एअरवेजमार्फत दोहाबाट काठमाडौं आएकी महिलालार्ई नियन्त्रणमा लिएको हो ।

त्रिभुवन भन्सार कार्यालयले डाइपरमा लुकाएर ल्याउँदै गरेको ३१७ ग्राम सुनसहित एक महिलालाई नियन्त्रणमा लिएको छ ।

दोलखाकी २४ वर्षिय महिला यात्रु हिजो वैशाख ७ गते बेलुका ७ बजे काठमाडौं ओर्लिएकी थिइन् ।

त्रिभुवन भन्सार कार्यालयले उनको साथबाट ४२ थान बच्चाको डाइपरमा लुकाएर ल्याइएको ३१७ ग्राम सुन नियन्त्रणमा लिएको छ ।

ती महिलाले २५० वटा टुक्रा पारेर ४२ वटा डाइपरमा उक्त सुन लुकाएकी थिइन् ।