विराटनगर, बैशाख ८

विराटनगर महानगरपालिकाका १३ जना जनप्रतिनिधिले पदबाट राजीनामा दिएका छन् ।

राजीनामा दिनेहरूमा वडाअध्यक्षदेखि सदस्यसम्म रहेका छन् ।

निर्वाचन आयोगले जनप्रतिनिधिकै हैसियतमा उम्मेदवार बन्न नपाउने प्रावधान राखेपछि उनीहरुले राजीनामा दिएका हुन् ।

राजीनामा गर्नेमा फरक फरक पार्टीका छन् ।