
काठमाण्डौं, बैशाख ९
नेपाल क्रिकेट संघ क्यानले जिम्बाबे विरुद्धको एकदिवसीय र टी–२० क्रिकेट शृंखलाका लागि शुक्रबार २३ सदस्यीय टोली घोषणा गरेका छन ।
सुनिल धमला लामो समयपछि टोलीमा फर्केका छन् भने विनोद भण्डारीले पनि टिममा पुनरागमन गरीसकेका छन् ।
यू–१९ टोलीका अलराउण्डर बसिर अहमदले पहिलो पटक सिनियर टिममा स्थान बनाएका छन् । नेपाल र जिम्बाबे ए टिमबीच तीन एक दिवसीय र तीन टी–२० खेलका शृंखला हुनेछ ।
१७ वैशाखदेखि एकदिवसीय शृंखला सुरु हुनेछ । पहिलो खेल १७ गते, दोस्रो खेल १९ गते र तेस्रो खेल २१ गते हुनेछ ।
यस्तै टी–२० शृंखलाको पहिलो खेल २३ गते दोस्रो खेल २४ गते र तेस्रो खेल २६ गते हुनेछ ।
उता जिम्बाबेएले पनि नेपाल भ्रमणका लागि बिहीबार टोली घोषणा गरिसकेकन छन । जिम्बाबे एका टोली अप्रिल २८ मा नेपाल आउन भएका छन ।