काठमाण्डौं, बैशाख ९

काठमाण्डौंको पेप्सीकोलामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

कालीकोट तिलागुफा नगरपालिका घर भई कोटेश्वर बस्दै आएका २० वर्षीय धर्मेन्द्र बमको मृत्यु भएको छ जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिएका हुन ।

उनका अनुसार बिहीबार राति बमले चलाएको बा ३९ प ५१८० नम्बरको मोटरसाइकल जडीबुटीबाट पेप्सीकोला जाने क्रममा रोकिराखेको बा २१ च ८८९५ नम्बरको जीपमा ठोक्किएको र जीपमा मोटरसाइकल ठोक्किँदा अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको थियो ।

मोटरसाइकलमा पछाडि सवार कैलालीका १८ वर्षीय घाइते जगदिश शाहीको काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जानकारी दिएका छन ।
दोलखा घर भई हाल लोकन्थली बस्दै आएका ४६ वर्षीय जीप चालक देवेन्द्र भुजेललाई प्रहरीले नियन्त्रणमा लिएकोे छ ।