
झापा, बैशाख ९
झापाको बाह्रदशी गाँउपालिका–३ चारपानमा गएराति भएको मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानिय १९ वर्षीय दिपेश विष्ट रहेको छ ।
दुर्घटनामा गम्भीर रुपमा घाइते भएको उनको बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा उपचारको क्रममा राती करिब पौने १ बजे तिर मृत्यु भएको थियो ।
विष्टले चलाई रहेको प्रदेश २–०३—१९ प १८ ६४ नम्बरको मोटरसाइकल गएराती साढे ११ बजे बिजुलीको पोलमा ठोकिएको थियो ।
ईलाका प्रहरी कार्यालय राजगढ झापाले जनाएका छन ।