काठमाण्डौं, बैशाख ९

वैशाख ३० गते हुने स्थानीय तहको चुनावका लागि लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले उम्मेदवार तय गर्न १३ हजार टिकटमा हस्ताक्षर गरेका छन् ।
आजबाट लोसपाले उम्मेदवारलाई टिकट वितरण सुरु गर्ने भएका छन । उम्मेदवारको बारेमा टुङ्गो लगाउन लोसपाको कार्यालयमा शीर्ष नेताहरुको बैठक जारी रहेका छन ।
बिहीबार बसेको कार्यकारिणी समितिको बैठकमा देशभर लोसपाको चुनावी अवस्थाका बारेमा ब्रिफिङ रहेका छन ।

जिल्लाका जिम्मेवारी लिएर खटिएका कार्यकारिणी सदस्यहरुले आआफ्नो ब्रिफिङ सुनाएको कार्यकारिणी सदस्य अकवाल मियाँले बताएका हुन ।

बैठकमा अध्यक्ष महन्थ ठाकुरले उम्मेदवार चयन प्रकृया, चुनावी गठबन्धन लगायतको बारेमा आफ्नो धारणा राखेका थिए ।

यसअघि नै चुनावी गठबन्धनका लागि स्थानीय तहलाई जिम्मेवारी दिइसकेको छ । आवश्यकताअनुसार जुनसुकै दलसँग पनि चुनावी तालमेल गर्ने निर्णय सो पार्टीले यसअघि नै गरिसकेका छन ।

देशभर लोसपाबाट सिफारिस भएका उम्मेदवार अनुसार अध्यक्ष ठाकुरले हालसम्म १३ हजार मनोनयपत्र (टिकट) मा हस्ताक्षर गरेका छन् ।

जिल्लाबाट अझै सिफारिस आउने क्रम जारी रहेको जनाइएका छन । सर्वसम्मत रुपमा सिफारिस भएर आएकाहरुको हकमा शुक्रबारबाट टिकट वितरण सुरु गरिने नेता मियाँले जानकारी दिएका छन ।