जनकपुर, बैशाख९

जनकपुरधाम उपमहानगरपालिकाको मेयरका लागि लोकतान्त्रिक समाजवादी पार्टी धनुषा जिल्ला कार्यसमितिले चार जनाको नाम केन्द्रमा सिफारिस गरेका छन ।

नाम सिफारिस हुनेमा प्रमेश्वर साह, मनोज चौधरी, अमर पंजियार र संजय कुमार चौधरी रहेको धनुषा जिल्ला अध्यक्ष प्रमेश्वर साहले बताएका हुन ।

मेयरका लागि दाबी गर्ने प्रमेश्वर साह मधेस प्रदेश प्रदेशसभाका सदस्य पनि हुन् ।

यस्तै, मनोज चौधरी २०७० को संविधानसभा चुनावमा उम्मेदवार रहेका थिए ।

अमर पंजियार र संजय कुमार चौधरी यसअघि कुनै पदमा उम्मेदवार रहेका थिएन् ।

चार जनामध्ये एक जनाको नाम आज टुङ्गो लगाउने गरी लोसपाको केन्द्रीय कार्यालय बबरमहलमा छलफल चलिरहेको स्रोतले जनाएका छन ।