बुटवल, बैशाख ९

नेकपा एकीकृत समाजवादीले बुटवलको उपमेयरको उम्मेदवारमा चीनबहादुर गुरुङलाई सिफारिस गरेका छन ।

गठबन्धन दलले भागबण्डा गर्दा बुटवलको मेयरमा काँग्रेस र उपमेयर नेकपा एकीकृत समाजवादी पार्टीको भागमा परेको थियो ।

उपमेयरमा गुरुङको नाम सर्वसम्मत सिफारिस भएर आएपछि प्रदेशले केन्द्रमा पठाएको हो ।

गुरुङ समाजवादीका बुटवल नगर अध्यक्ष समेत हुन् । अघिल्लो निर्वाचनमा उनी बुटवल–३ मा वडा सदस्य निर्वाचित भएका थिए ।

गुरुङ यातायात मजदुर तथा व्यवसायी भलाई कोषका पूर्व अध्यक्षसमेत रहेका हुन् ।