जनकपुर, बैशाख १०
जनकपुरधाम उपमहानगरपालिकामा गठबन्धनको तर्फबाट भएको भागवण्डामा उपमेयर पद पाएको छ ।
नेपाली काँग्रेसले जनकपुरधाममा मेयर पद नपाएपछि काँग्रेसबाट असन्तुष्टि भएर राजिनामा समेत दिएका छन् भने अधिकांश नेता तथा कार्यकर्ता भने भागवण्डामा पाएको उपमेयर बन्न दौडधुप सुरु भएको हो ।
बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा काँग्रेसबाट जनकपुरधाम उपमहानगरका लागि जनकपुरधाम उद्योग वाणिज्य संघका पूर्व केन्द्रिय सदस्य समेत रहेका व्यवासयी निर्मल चौधरीले पनि लविंग थालेका हुन् ।
व्यवसायी चौधरीले आफु उपमेयर पदका लागि योग्य र सक्षम उम्मेदवार रहेको दावी गर्दै काँग्रेस धनुषाको क्षेत्रीय कमिटीलाई पत्र समेत बुझाएका छन् ।
उनले ०५३ सालमा पनि आफ्नो नाम उपमेयरमा सिफारिस भएपनि टिकट नपाएको स्मरण गर्दै यसपालि आफुलाई उपमेयर दिन आग्रह गरेको बताए ।
उनले पत्रसहित ३ दर्जन भन्दा बढीको हस्ताक्षर समेत बुझाएका छन् ।
उपमेयर बन्ने रेसमा अहिलेसम्म चौधरी, मेयर पदमा नाम सिफारिस भएका राकेश विक्रम साह समेत छन् ।