रौतहट, बैशाख १०

रौतहटको उत्तर पश्चिमी भेग फतुवा विजयपुर नगरपालिकामा चट्याङ लागेर स्थानीय २५ वर्षका प्रदीप चौधरीको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय विजयपुर लक्षमिनियाका प्रमुख इन्स्पेक्टर सुरेन्द्र धमलाका अनुसार गएराती चौधरी केही साथीहरूको साथमा बजारबाट घरतर्फ गइरहेको बेला हावाहुरीसँगै चट्याङ पर्दा चौधरी गम्भीर घाइते भएका थिए ।

घाइते चौधरीको उपचारको क्रममा निजगढस्थित अस्पतालमा राति नै मृत्यु भएको इन्स्पेक्टर धमलाले जानकारी दिएका हुन ।