एजेन्सी, बैशाख १०

अमेरिकाको वासिङ्टन नजिकै रहेको क्षेत्रमा शुक्रबार एक व्यक्तिले स्वचालित हतियारबाट गोली चलाउँदा तीन जना घाइते भएका छन् ।

समाचार एजेन्सी एएफपीका अनुसार गोलीबारी वासिङ्टन नजिकैको एभिन्यू–भ्यान नेसमा भएको थियो।

घटनापछि उक्त क्षेत्रमा लकडाउनको अवस्था छ र प्रहरीले मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ ।

सहायक प्रहरी प्रमुख स्टुअर्ट एमरम्यानले तीन जनालाई अस्पताल लगिएको बताए ।

तीमध्ये दुई वयस्क छन्, जसको अवस्था गम्भीर तर स्थिर छ, र एक बालिका छिन्, जसलाई सामान्य चोट लागेको छ। इमरम्यानले प्रहरीले यस क्षेत्रका सबै भवनहरूमा संदिग्धको खोजी गरिरहेको जानकारी दिएका छन्। गोली चलाउनुको कारण भने खुल्न सकेको छैन ।