रौतहट, बैशाख १०

बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा रौतहटको कटहरिया नगरपालिकामा नेकपा माओवादी र जसपाबीच गठबन्धन भएको छ ।

शनिबार बसेको दुवै दलको संयुक्त बैठकले अगामी ३० गते हुने निर्वाचनमा गठबन्धन गरेको हो ।

गठबन्धनले कटहरिया नगरपालिकाको मेयर पदको टिकटको लागि माओवादी नगर कमिटी अध्यक्ष नसरुद्दिन अन्सारी र उपमेयरमा जसपाका जितेन्द्र यादवको नाम सिफारिस गरेको छ ।

बैठकमा माओवादी प्रदेश कमिटी सदस्य रामाकान्त चौरसिया,माओवादी नगर अध्यक्ष नसरुदिन अन्सारी, जसपाका नगर अध्यक्ष जितेन्द्र यादव लगायतको सहभागिता रहेको थियो । वडा अध्यक्षको बारे भोलि बिहान सम्म टुङ्गो लाग्ने बताइएको छ ।