एजेन्सी, बैशाख ११
इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा रोयल्स च्यालेन्जर्स बैंगलोरलाई ९ विकेटले हराउँदै सनराइजर्स दोस्रो स्थानमा उक्लेको छ ।
मुम्बईमा भएको शनिबारको खेलमा बैंगलोरले दिएको ६९ रनको सामान्य लक्ष्य पछ्याएको हैदरावादले ८ ओभरमा १ विकेटको क्षतिमा पूरा ग¥यो
हैदरावादको जितमा अविशेक शर्माले ४७ रनको पारी खेले । त्यस्तै केन विलियमसन १६ रनमा अविजित रहे । राहुल त्रिपाठी पनि ७ रनमा अविजित रहे । बैंगलोरका हर्सल पटेलले १ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको बैंगलोरले १६ ओभर १ बलमा अलआउट हुँदै ६८ रन बनाएको थियो ।
बैंगलोरका ९ ब्याट्सम्यान दोहोरो रन नजोडेर आउट भए । बैंगलोरका लागि सुयाश प्रभुदेशाईले १५ तथा ग्लेन म्याक्स्वेलले १२ रन बनाए । हैदरावादका लागि मार्को जान्सेन र टि नाटराजनले तीन÷तीन विकेट लिए । त्यस्तै जगदीश सूचितको नाममा २ विकेट हात पारे । जितसँगै हैदरावादले ७ खेलमा १० अंक जोडे दोस्रो स्थानमा उक्लिएको छ । पराजित बैंगलोर ८ खेलमा १० अंक जोडेर तालिकाको चौंथो स्थानमा छ ।