एजेन्सी, बैशाख ११
दक्षिणपूर्वी खेरसन क्षेत्रमा भएको युद्धका क्रममा दुई रुसी जनरल मारिएको युक्रेनले जनाएको छ ।
युक्रेनको रक्षा मन्त्रालयको गुप्तचरका अनुसार रुसको ’४९ जनरल आर्मी’ का तेस्रो जनरल पनि गम्भीर घाइते हुनुका साथै एक मोबाइल कमाण्ड सेन्टर पनि नष्ट भएको छ ।
दोस्रो विश्वयुद्धपछिको अन्य द्वन्द्वमा भन्दा रुस र युक्रेनबीचको युद्धमा धेरै रुसी जनरलको मृत्यु भएको पश्चिमा राष्ट्रहरुको दाबी छ ।
यसअघि बेलायतको डिफेन्स इन्टेलिजेन्सले युक्रेनी सेनाको रुसविरुद्ध प्रतिकारात्मक हमला गर्न सफल भएको र त्यसले पूर्वी क्षेत्रमा रुसलाई असर गरिरहेको बताएको थियो ।