जनकपुर, बैशाख ११

यही बैशाख ३० गते स्थानीय तहको निर्वाचन हुने भएको छ । यसैक्रममा राजनीतिक दलदेखि स्वतन्त्ररुपमा समेत उम्मेदवारी घोषणाको लर्को नै लागेको छ ।

स्वतन्त्ररुपमा खडा हुने उम्मेदवारहरुले मेयर पदका लागि करिब एक महिना अघि देखि नै तयारी थालेका छन् ।
सोक्रममा स्वतन्त्र उम्मेदवारीको तयारीमा रहेका व्यवसायी बलराम महतोका समर्थकहरुले मनोनयन दर्ता हुने दिनदेखि नै धमाधम छाड्न थालेका छन् ।

व्यवसायी महतोले उम्मेदवारी दिएका दिन उनलाई साथ दिएका लक्ष्मण महासेठले एक विज्ञप्ति जारी गर्दै छाडेको जनाएका छन् ।

नेपाली काँग्रेस धनुषाका क्षेत्रीय प्रतिनिधि महासेठले निर्माण व्यवसायी आफु पनि रहेकाले व्यवसायी कारोबारको सिलसिलामा रमन टावरमा पुगेको बेला निर्माण व्यवसायी बलराम महतोले फाईदा उठाउँदै उम्मेदवारी घोषणा गरेको उनले बताए ।

महासेठले भने, ‘म, निर्माण व्यवसायी समेत रहेको र व्यवसायी कारोबारको सिलसिलामा रमन टावरमा पुगेको बेला निर्माण व्यवसायी बलराम महतोले स्वतन्त्र उम्मेदवारी घोषणा कार्यक्रम रहेको थियो । त्यस समयमा त्यहाँ पुग्दा अचानक मेरो नाम आसन ग्रहणका लागि घोषणा गरेकाले मञ्चमा केही थाहा नपाएर आसन ग्रहण गरेको थिए । पछि उम्मेदवारी घोषणा कार्यक्रम रहेको थाहा पाएको हुँ ।’

No description available.

कुनै पनि राजनीतिक दलले उम्मेदवारीको टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी घोषणा गरेका बलराम महतोका व्यवसायी समर्थकहरुले समेत उनका साथ क्रमशःरुपमा छाड्न थालेका छन् ।

उनका समर्थकहरुले साथ छाड्न थालेपछि उनी चिन्तित हुन थालेको स्रोतको भनाई छ ।

महतोले भने रामन कन्स्ट्रक्सन हस्तान्तरण गर्दै उनले स्वतन्त्र उम्मेवारी सोमबार दर्ता गराउने जनाइएको छ ।