जनकपुर, बैशाख १२

यही बैशाख ३० गते स्थानीय तहको निर्वाचन हुने कार्यतालिका सार्वजनिक अनुसार मनोनयन दर्ताको अन्तिम दिन आज करिब डेढ दर्जनले जनकपुरधाम उपमहानगरपालिकाको लागि उम्मेदवारी दर्ता गराएका छन् ।

मधेश प्रदेशको राजधानी जनकपुरधाम उपमहानगरपालिकाको नयाँ नेतृत्वका लागि मेयर पदमा २१ र उपमेयरमा १० जनाको उम्मेदवारी परेको छ ।

राजनीतिक दलको तर्फबाट मेयरमा ७ जनाको उम्मेदवारी परेको छ भने १४ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । त्यस्तै, उपमेयरमा राजनीतिक दलको तर्फबाट ६ जनाले उम्मेदवारी दिएका छन् भने ४ जना स्वतन्त्र उम्मेदवार छन् ।

सत्तारूढ गठबन्धनका तर्फबाट मेयर पदका लागि लालकिशोर साह र उपमेयरमा किशोरी साहले मनोनयन दर्ता गराएका छन् ।

लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट मेयरमा मनोज चौधरी र उपमेयरमा रिता कुमारी मिश्रले उम्मेदवारी दिएका छन् भने नेकपा एमालेको तर्फबाट मेयरमा शिवशंकर साह (हीरा) र उपमेयरमा कांग्रेस परित्याग गरि आज मात्रै एमालेमा प्रवेश गरेकी रुना झाले मनोनयन दर्ता गरेका हुन् ।

करिव ५ दिन अगाडि नेकपा एमालेमा प्रवेश गरेका जानकीराम साहले पनि एमाले परित्याग गरि मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका छन् । उनको समूहबाट उपमेयरमा युवा नेता सरोज कुमार मिश्रले मनोनयन दर्ता गराएका हुन् ।

त्यस्तै, नेपाल जनता पार्टीबाट मेयरमा मुरली मनोहर मिश्र र उपमेयरमा बन्दना पाण्डेये उम्मेदवारी दिएका छन् भने जनमत पार्टीबाट मेयरमा अनिता देवी साह र उपमेयरमा संतोष कुमार साहले मनोनयन दर्ता गराएका छन् ।

तराई मधेस लोकतान्त्रिक पार्टीबाट विभा ठाकुरले मेयर र इश्वर पण्डितले उपमेयरमा उम्मेदवारी दर्ता गराएका छन् ।

जनकपुरधामको मेयर पदमै नेकपा मालेबाट गीता कुमारी मण्डलले उम्मेदवारी दिएकी हुन् ।

त्यस्तै, मेयर पदमै स्वतन्त्र तर्फ कांग्रेसबाट राजीनामा दिएका मनोज साह, बलराम महतो, वैद्यनाथ साह, श्याम किशोर मण्डल, लक्ष्मण साह, रामसेवक यादव, बिक्की यादव, अनिल पजियार र सुधिर कुमार महतोको उम्मेदवारी परेको हो ।

यसअघि नेकपा एमालेले मेयर पदको टिकट नदिँदा उमेश चौधरीले बागी उम्मेदवार र कुमारी बनिता यादवले आइतबार नै उपमेयरमा स्वतन्त्र उम्मेदवारी दर्ता गराइसकेका छन् भने कांग्रेसले टिकट नदिँदा निर्मल कुमार चौधरीले पनि उपमेयरमा स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.