जनकपुर, बैशाख १२
बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि आज उम्मेदवारहरुले मनोनयन पत्र दर्ता गराएका छन् ।
दर्जनौ पुरुषले जनकपुरधाम उपमहानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिईरहँदा थप एक जना महिलासहित तीन जना महिलाले मेयर पदमा दावेदारी प्रस्तुत गर्दै उम्मेदवारी दिएकी छन् ।
उपमेयर पदमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट नपाएपछि असन्तुष्ट हुँदै नेतृ विभा ठाकुरले तराई मधेस लोकतान्त्रिक पार्टीमा प्रवेश गर्दै जनकपुरधाम उपमहानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएकी हुन् ।
मधेस आन्दोलनको अग्रणी भूमिकामा रहेकी लोकप्रिय नेतृ ठाकुरले नगरप्रमुखमा उम्मेदवारी दर्ता गरेसंगै महिला नगरप्रमुखको उम्मेदवार संख्या तीन पुगेको हो ।
तमलोपाबाट ठाकुर, जनमत पार्टीबाट अनिता साह र नेकपा मालेबाट गीताकुमारी मण्डलले मेयर पदमा उम्मेदवारी दर्ता गराएकी छिन् ।