जनकपुर, बैशाख ३०

यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि देशभरबाट ७१ हजारभन्दा बढीले उम्मेदवारी दर्ता गराएका छन् ।

स्थानीय तहको निर्वाचनका लागि पछिल्लो विवरणअनुसार देशभर ८२ हजार २१० ले उम्मेदवारी दर्ता गराएका छन । निर्वाचन आयोगका अनुसार सोमबार साँझ साढे ८ बजे सम्ममा ८२ हजार २ सय १० मनोनयन दर्ता गराएका हुन् ।

यसमध्ये नगर प्रमुखमा २ हजार २ सय ४३ जना र उपप्रमुखमा १ हजार ४ सय ४५ जनाले उम्मेदवारी दिएका छन् । त्यसैगरी अध्यक्षमा २ हजार ४ सय ९७ जना र उपाध्यक्षमा १ हजार ७ सय २६ जनाको उम्मेदवारी दर्ता भएको आयोगले जनाएको छ ।

वडा अध्यक्षमा २० हजार १ सय ७६ जना, दलित महिला सदस्यमा १३ हजार ५ सय ५४ सदस्यमा २८ हजार २८८ जनाको उम्मेदवारी परेको हो।

यसमध्ये सबैभन्दा बढी मधेश प्रदेशबाट १९ हजार १०१ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन आयोगले जनाएको छ ।

जनकपुरधाम उपमहानगरपालिकामा १२७ पदका लागि ५२९ जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
जनकपुरधामको नयाँ नेतृत्वका लागि नगरप्रमुखमा २६ र उपप्रमुखमा २५ जनाले मनोनयन दर्ता गराएका छन् ।
त्यस्तै वडाध्यक्षमा १७० जनाको उम्मेदवारी परेको छ भने वडा सदस्यमा १७६, महिला सदस्यमा ७५ र दलित महिला सदस्यमा ५७ जनाले उम्मेदवारी दर्ता गराएको प्रमुख निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिए ।