एजेन्सी, बैशाख १३

इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेट प्रतियोगितामा पन्जाब किङ्सले चौथो जित निकालेको छ ।

सोमबार राति पन्जाबले दिएको १८८ रनको लक्ष्य पछ्याएको चेन्नई २० ओभरमा ६ विकेट गुमाएर मात्र १७६ रन बनाउन सक्यो ।

चेन्नईका अम्बाती रायडुले सर्वाधिक ७८ रन बनाए । रुतुराज गायकवाडले ३० रनको योगदान गरे । पन्जाबका कागिसो रबडा र ऋषि धवनले २–२ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ४ विकेट गुमाएर १८७ रनको योगफल तयार पारेको थियो ।

पन्जाबका शिखर धवनले अविजित ८८ रन बनाए । यस्तै भानुका राजपाक्षेले ४२ रनको योगदान गरे । चेन्नईका ड्वाने ब्राभोले २ विकेट लिए । प्रतियोगितामा पन्जाबले ८ खेलबाट ८ अंक जोड्दै छैटौं स्थानमा छ । छैटौं हार बेहोरेको चेन्नई ८ खेलबाट ४ अंक जोडेर नवौं स्थानमा छ ।