जनकपुर, वैशाख १३
जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेताहरूले राजनीतिक योगदान भएका नेताहरूलाई पाखा लगाएर परिवारकै सदस्यलाई स्थानीय तहको उम्मेदवार बनाएका छन् ।
जसपा अध्यक्ष उपेन्द्र यादवले आफ्नै छोरा अमरेन्द्र यादवलाई विराटनगर महानगरपालिकाको मेयरको उम्मेदवार बनाएका छन् । सत्तारूढ गठबन्धनको तर्फबाट यादवले छोरालाई मेयरको उम्मेदवार बनाएका हुन् । अमरेन्द्र जसपाको विराटनगर अध्यक्ष हुन् ।
त्यस्तै, मधेश प्रदेशका मुख्य मन्त्री लालबाबु राउतले आफ्नै श्रीमती जलेखा खातुनलाई पर्साको जगरनाथपुर गाउँपालिकामा उपाध्यक्षको उम्मेदवार बनाएका छन् ।
लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले आफ्ना दाजु महेन्द्र महतोलाई चन्द्रनगर गाउँपालिकाको अध्यक्षको उम्मेदवार बनाएका छन् ।