जनकपुर, बैशाख १३

यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रले धनुषाको १२ वटा पालिकामा उम्मेदवारी दिएका छन् ।

देशव्यापी भएको गठबन्धन अनुसार केही पालिकामा मात्रै गठबन्धन हुन सकेको अधिकांश पालिकामा गठबन्धन हुन नसकेपछि गठबन्धन र तालमेल सहित माओवादीले एकल उम्मेदवारी समेत दिएको नेकपा माओवादी केन्द्र धनुषाका अध्यक्ष देवेन्द्रकुमार यादव दिपकले जानकारी दिए ।

धनुषाको गणेशमान चारनाथ नगरपालिकामा मेयरमा दुर्गा बहादुर मल्ल उपमेयरमा श्रीविन्दु मास्के, धनुषाधाम नगरपालिकाका लागि मेयर पदका लागि देवेन्द्र कुमार यादव दिपक र उपमेयरका लागि अम्विका कुमारी विश्वकर्मा, नगराइन नगरपालिकाको मेयरका लागि नवल किशोर यादव, मिथिला नगरपालिकाको मेयर पदका लागि राम कुमार महतो, उपमेयरमा विमला अधिकारी, शहीदनगर नगरपालिकाको मेयर पदमा निवर्तमान उदय कुमार बरवरिया र उपमेयरमा रेखा कुमारी मण्डलले उम्मेदवारी दिएकी छन् ।

त्यस्तै सबैला नगरपालिकाको मेयर पदका लागि कारीराम यादव र उपमेयर पदका लागि रहिमा खातुन, कमला नगरपालिकाको मेयर पदका लागि बलराम विराजी यादव र उपमेयर पदका लागि निलम कुमारी यादव, मिथिला बिहारी नगरपालिकाको मेयर पदका लागि सूर्य नारायण मण्डल र उपमेयर पदका लागि शोभा साह, हंसपुर नगरपालिकाको मेयर पदका लागि सुनिल कुमार यादव, जनकनन्दिनी गाउँपालिकाको अध्यक्ष पदका लागि विनोद कुमार मण्डल र उपाध्यक्ष पदका लागि जगदिला देवी यादवले उम्मेदवारी दिएकी हुन् ।

त्यस्तै बटेश्वर गाउँपालिकाको अध्यक्ष पदका लागि पदम बहादुर लामा र उपाध्यक्ष पदका लागि रेखा कुमारी महतो, औरही गाउँपालिकाको अध्यक्ष पदका लागि रजाम नदाफ र उपाध्यक्ष पदका लागि लक्ष्मीनियाँ देवी साहले उम्मेदवारी दिएका छन् ।

May be an image of 1 person and indoor