एजेन्सी, बैशाख १४

इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेट मंगलबार राति भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई २९ रनले हराउँदै राजस्थान शीर्ष स्थानमा उक्लेको छ ।

पुनेमा राजस्थानले दिएको १४५ रनको लक्ष्य पछ्याएको बैंगलोर १९ ओभर ३ बलमा १०५ रन बनाउन सक्यो ।

बैंगलोरका लागि कप्तान फाप डु प्लेसिसले सर्वाधिक २३ रन जोड्दा वानिन्दु हसरंगाले १८ रन बनाए । त्यस्तै साहबाज अहमेदले १७ रनको योगदान गरे ।बलिङततर्फ राजस्थानका लागि कुलदिप सेनले ४ विकेट लिए । त्यस्तै रविचन्द्र आश्विनले ३ तथा प्रसिद्ध किसनले २ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ८ विकेट गुमाएर १४४ रन जोडेको थियो । राजस्थानका रियान परागले ५६ रनको अर्धशतकीय पारी खेले । यस्तै कप्तान सन्जु सामसनले २७ तथा रविचन्द्र आश्विनले १७ रन जोडे । बैंगलोरका मोहमद सिराज, जोश हाजलउड र वानिन्दु हसरंगाले २÷२ विकेट लिए । जितसँगै राजस्थान ८ खेलमा १२ अंक जोडेर शीर्ष स्थानमा उक्लिएको छ । पराजित बैंगलोर ९ खेलमा १० अंक जोडेर पाँचौँ स्थानमा छ ।