सुर्खेत, बैशाख १४

सुर्खेत प्रहरीले अवैध चितुवाको छालासहित ३ जनालाई पक्राउ गरेको छ । बुधबार बिहान वीरेन्द्रनगरको बसपार्कस्थित सुनिता होटेल एण्ड लजबाट उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा जुम्लाको सिंजा गाउँपालिका–८ घर भइ हाल वीरेन्द्रनगर–१२ बस्दै आएका ४० वर्षीया दलबहादुर बुढा, वडा नं.– १४ बस्ने ४१ बर्षीया भरतबहादुर बुढा र २३ वर्षीया अमरबहादुर थापा रहेका छन् ।

शंकास्पद अवस्थामा फेला परेका उनीहरुको शरीर र होटलको कोठामा खानतलासी गर्दा टाउकोदेखि पुच्छरसम्म ९ फिट लम्बाई भएको चितुवाको छाला भेटिएको प्रहरीले बताएको छ । कारबाहीका लागि उनीहरुलाई डिभिजन वन कार्यालयमा पठाइएको छ ।