एजेन्सी, बैशाख १५

रुसले दक्षिणी युक्रेनको खेरसोन शहर कब्जा गरेको दाबी गरेको छ ।

अब यो शहरमा मे १ देखि रुसी मुद्रा रुबलको प्रयोग गर्न थालिने रुसको भनाई छ ।

रुसको आधिकारिक मिडिया रिया नोवोस्तीलाई उद्धृत गर्दै एक मेदेखि युक्रेनको यो शहरमा रुबलमा लेनदेन सुरु हुनेछ ।

यो क्षेत्रमा मिलिट्री–सिभिल एडमिनिस्ट्रेशनका उपाध्यक्ष किरिल स्टिमोसोवले रिया नोवोस्तीसँगको कुराकानीमा संक्रमणकाल चार महिनासम्म रहनेछ र यतिबेला रुसको रुबल र युक्रेनको मुद्रा हर्विनियामा कारोबार हुनेछ ।

चार महिनापछि भने यस प्रान्तमा रुसको मुद्रामा मात्रै कारोबार हुने बताइएको छ ।