जनकपुर, बैशाख १५
यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको प्रचारप्रसारमा राजनीतिक दल देखि स्वतन्त्र उम्मेदवारीहरु समेत जुटेका छन् ।
राजनीतिक दलहरुले आफ्नो चुनावी प्रचार प्रसारमा बालबालिकालाई समेत आचारसंहीता विपरित प्रयोग गरिरहेका छन् ।
चुनावी प्रचार प्रसारको क्रममा नेकपा एमाले, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, नेपाली काँग्रेस, जनता समाजवादी पार्टी नेपाललगायतका दलले निर्वाचन आयोगले जारी गरेको आचारसंहीता विपरित बालबालिका प्रयोग गरिरहेका छन् ।
मधेश प्रदेशको धनुषा, महोत्तरी, सर्लाही, रौतहटलगायतका जिल्लाका अधिकांश पालिकामा उम्मेदवारहरुले बालबालिकालाई चुनावी तथा पार्टीगत झण्डा बोकाएर चुनावी प्रचारप्रसारमा लागेका छन् ।