जनकपुर, बैशाख १५
स्थानीय निर्वाचन बहिष्कार गर्न आब्हान गर्दै जिल्लाब्यापी रुपमा प्रचारप्रसारमा क्रान्तिकारी माओवादी जुटेका छन् ।
मोहन वैद्य किरण नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) धनुषाले स्थानीय तहको निर्वाचन बहिष्कारका लागि प्रचार सामाग्री टाँस्ने, अपिल बितरण गर्ने र नारा लेख्नेलगायतका क्रियाकलापलाई तिव्रता दिएका छन् ।
जिल्लाका बिभिन्न बजार तथा गाँउ एंव मतदान केन्द्र नजिकमा प्रचारप्रसारलाई तीब्र बनाउदै प्रचार सामाग्री पोष्टर टाँस्ने, अपिल बितरण गर्ने र नारा लेख्ने क्रियाकलाप तीब्र पारेको हो ।
मधेश प्रदेशको राजधानी समेत रहेको जनकपुरधाममै निर्वाचन बहिष्कार अभियानलाई तिव्रता दिँदै बहिष्कार अपिल वितरण गर्ने क्रियाकलापलाई जारी राखेको क्रान्तिकारी माओवादी धनुषाका जिल्ला सेक्रेटरी शीतल कर्णले जानकारी दिए ।
उनले बहिष्कारको प्रचारलाई जनताले चाँसोपूर्वक लिएको र जनविद्रोह जनताको अधिकार रहेकाले बहिष्कार बारे जनताले गम्भिररुपमा लिएको दावी गरे ।
तर स्थानीय तहको निर्वाचनलाई देशव्यापीरुपमा निर्वाचन प्रति निकै उत्साहजनक माहोल छ ।