जनकपुर, बैशाख १६

धनुषाको औरही गाउँपालिकाका निवर्तमान अध्यक्ष पुनः उम्मेदवारी दिएपछि अध्यक्ष पदका लागि स्थानीवासीसँग मत माग्न व्यस्त छन् ।

शुक्रबार औरही गाउँपालिका वडा नम्बर १ मा अध्यक्ष पदका अकांक्षी ब्रह्मदेव यादव र उपाध्यक्ष रिंकीकुमारी मण्डलले वडा वडामा गएर घर दैलो अभियान अन्तर्गत स्थानीयवासीलाई पाँच वर्ष विश्वासको र पाँच वर्ष गाउँको विकासका लागि आफुलाई मतदान गर्न अपिल गरेका छन् ।

अध्यक्ष पदका अकांक्षी निवर्तमान अध्यक्ष यादवले यसपटक पनि आफुलाई स्थनीयवासीले रोज्नेमा विश्वस्त रहेको दावी गरे ।

उनले आफुले गाउँको विकासका लागि अनेकन योजनाहरुलाई सफलतापूर्वक सम्पन्न गरेकाले ग्रामवासीले आफुलाई मतदान गर्नेमा विश्वस्त रहेको ठोकुवा गरे ।

नेपाली काँग्रेसबाट अध्यक्ष पदमा पुनः उठेका यादवले गाउँमा अभैmपनि विकासका कार्यहरु गर्न बाँकी नै रहेको बताए ।