जनकपुर, बैशाख १७

जनता समाजवादी पार्टी नेपालको तर्फबाट जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर-१ को वडाध्यक्ष पदका उम्मेदवार शत्रुधन साह चुनावी अभियानमा जुटेका छन् ।

साहले आफ्नो वडामा शुक्रबारदेखि चुनावी अभियान तथा घरदैलो अभियानको शुरुवात गरेका हुन् ।

मतदाताहरुको घर घरमा पुगेर साहले आफुले पहिलो कार्यकालमा गरेको कामको विषयमा जानकारी गराउनुका साथै वडाबासीको हरेक सुख दुःखमा साथ दिने प्रतिबद्धता जनाएका छन् ।

आफूले कोरोनाकालदेखि जाडोको मौसममा आफ्नो स्रोतसाधन सहित काम गरेको बताउँदै निवर्तमान वडाध्यक्ष समेत रहेका साहले आफु वडाध्यक्ष हुँदा वडामा सरसफाइ लगायतका विभिन्न सामाजिक कामहरु गरेकोले आफ्नो जित सुनिश्चित रहेको दाबी गरे ।

साहले आफ्नो कामबाट जनता जानकार रहेको बताउँदै सिमित साधन स्रोतमा समेत आफुले जनताको मन जितेको र आगामी दिनमा अझ राम्रो काम गरेर वडालाई नमुना वडा बनाउने प्रतिबद्धता जनाए ।