सर्लाही, बैशाख १७
यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि सर्लाहीको लालबन्दी नगरपालिकामा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको चुनावी तालमेल भएको छ ।
मेयर र उपमेयरमा माओवादी र एकीकृत समाजवादी पार्टीले चुनावी तालमेल भएको हो ।
माओवादीले मेयर र समाजवादीले उपमेयर पद लिने गरी चुनावी तालमेल गरेको जनाइएको छ । अब माओवादीबाट मेयरमा प्रह्लाद बुढाथोकी र उपमेयरमा समाजवादीबाट गोविन्द अधिकारी उम्मेदवार भएका छन् ।
दुवै पार्टीले मेयर र उपमेयरमा उम्मेदवारी दर्ता गराएका थिए । तर शुक्रबार माओवादीले उपमेयरको उम्मेदवार र समाजवादीले मेयरको उम्मेदवार फिर्ता लिएपछि चुनावी तालमेलको निणर्य भएको हो ।
माओवादीबाट उपमेयरमासुमित्रा श्रेष्ठ र नेकपा एकीकृत समाजवादीको तर्फबाट मेयरमा रमा पौडेलले शुक्रबार एकैसाथ उम्मेदवारी फिर्ता लिएका छन् ।