पर्सा, बैशाख १७

यही बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा उम्मेदवार बनेका ४१ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।

पर्साको १४ पालिकामा नगर प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र सदस्य पदमा उम्मेदवारी दिएका विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवार मध्ये ४१ जनाले उम्मेदवारी फिर्ता लिएका हुन् ।

जिल्ला निर्वाचन कार्यालय पर्साले १४ वटा पालिकामा उम्मेदवारी दर्ता गराउने २ हजार ६ सय ७० जना मध्ये ४१ जनाले उम्मेदवारी फिता लिएको जनाएका छन् ।

जगरनाथपुर गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवार १ जना सहित वडा नम्बर २ को वडा अध्यक्ष, २ कै महिला सदस्य, र ४ को वडा सदस्यले उम्मेदवारी फिर्ता लिएका छन् । त्यस्तै छिपहरमाई गाउँपालिकाको वडा नम्बर १ र २ का वडा सदस्यले नामावली फिर्ता लिएको जनाइएको छ ।

त्यस्तै धोविनी गाउँपालिकामा अध्यक्ष पदका उम्मेदवार एक जना सहित वडा नम्बर ४ का वडा अध्यक्षले नाम फिर्ता लिएका छन । त्यसैगरी सखुवाप्रसौनी गाउँपालिकामा वडा नम्बर ३ का वडा अध्यक्ष र वडा नम्बर १ का महिला सदस्यले उम्मेदवारी फिर्ता लिएको निर्वाचन कार्यालयले जनाएको छ ।

त्यसैगरी पर्साकै कालिकामाई गाउँपालिकाका वडा नम्बर १ का वडा अध्यक्ष, वडा नम्बर ५ का वडा सदस्य वाट उम्मेदवारी फिर्ता लिएका छन भने जिराभवानी गाउँपालिकाबाट खुल्ला सदस्य पदमा उम्मेदवारी दिएका १ जना, वडा नम्बर ५ का वडा सदस्य र महिला सदस्य गरी ३ जनाले उम्मेदवारी फिर्ता लिएको जिल्ला निर्वाचन कार्यालय पर्साले जनाएको छ ।

त्यस्तै ठोरी गाउँपालिकामा अध्यक्ष पदका उम्मेदवार एक जनाले नामावली फिर्ता लिएका छन । पटेर्वा सुगौलीमा वडा नम्बर ५ का अध्यक्ष सहित एक सदस्यले उम्मेदवारी फिर्ता लिएका छन् भने पर्सागढी नगरपालिकामा वडा नम्बर ७ का वडा अध्यक्ष उम्मेदवारी एक जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।

त्यसैगरी पोखरीया नगरपालिकामा वडा नम्बर ५ की महिला सदस्यले उम्मेदवारी फिर्ता लिएका छन । त्यस्तै बहुदरमाई नगरपालिकामा मेयर पदका उम्मेदवार एक जना, वडा नम्बर ४ का अध्यक्ष एक जना, वडा नम्बर १ का वडा सदस्य र दलित महिला सदस्य गरी २ जना, वडा नम्बर १ का खुल्ला सदस्य र वडा सदस्य गरी २ जना, वडा नम्बर ५ मा वडा सदस्य एक जना र वडा नम्बर ६ मा ५ जनाले उम्मेदवारी फिर्ता लिएको निर्वाचन कार्यालयले जनाएको छ ।

त्यस्तै वीरगंज महानगरपालिकामा वडा नम्बर ६, ७, ८ र २२ का ३ जना वडा अध्यक्षका उम्मेदवारहरुले उम्मेदवारी फिर्ता लिएका छन भने ८ बाट उम्मेदवारी दिएका वडा सदस्य २ जना, दलित महिला सदस्य १ जना, वडा नम्बर १८ बाट सदस्यमा उम्मेदवार दिएका एक जना र २२ बाट सदस्यमा उम्मेदवार दिएका थप एक जना गरी पर्साबाट ४१ जनाले उम्मेदवारी फिर्ता लिएको जिल्ला निर्वाचन कार्यालय पर्साले जनाएको छ ।