जनकपुर, वैशाख १७

धनुषाको लक्ष्मिनीयाँ गाउँपालिकाका एमालेको अध्यक्ष पदका उम्मेदवार अजय यादव प्रतिवद्धता पत्र सार्वजनिक गरे लगत्तै घरदैलो कार्यक्रमलाई तीव्रता दिएका छन् ।

लक्ष्मिनिया गाउँपालिका वडा नम्बर- ३ भंगहा र बनिनिया घरदैलोका लागि पुगेका यादवले आफूलाई पूरै गाउँपालिकाको वस्तुस्थिति जानकारी रहेकाले गाउँपालिकाको विकासका लागि राम्ररी का गर्न सक्ने दावी गरे ।

उनले घरदैलोको क्रममा मतदातासंग भने ‘मलाई गाउँपालिकाको विकास कसरी गर्न सकिन्छ म संगा खाका छ, मलाई एक पटक अवसर दिएर हेर्नुस ।’

एमालेबाट उम्मेदवारी दिएका यादवले शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, खेलकुद लगायत सबै क्षेत्रमा विकास गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले आफु जिते गाउँपालिकालाई नमुना गाउँपालिकाको रुपमा स्थापित गर्ने, पालिका भित्र ‘समान शिक्षा र सुलभ स्वास्थ्य उपचार सबैका लागि’ अभियान, कक्षा ८ देखि प्राविधिक क्षिक्षाको शुरुवात, प्रत्येक वडामा स्मार्ट शौचालयको स्थपना, पालिकामा रहेका अतिविपन्न परिवारको पहिचान गरि रासन वितरण गर्ने कार्यक्रम लागु गर्ने लगायतका प्रतिबद्धता जनाए ।

यसका साथै वृद्ध वृद्धाहरुलाई समयमै सामाजिक सुरक्षा भत्ता सुलभ ढंगले पाउन सक्ने वातावरणको निर्माण गर्ने बताए ।