बर्दिबास, बैशाख १७

नेकपा माओवादी केन्द्रले बर्दिबासबाट महिला वडा सदस्य निर्विरोध निर्वाचित भएकी छन् ।

बर्दिबास नगरपालिकाको वडा नम्बर ७ बाट कुनै पनि महिलाहरुले मनोनयन दर्ता नगरेपछि उक्त वडाकी दलित महिला सदस्य कालिमाया निर्वाचित भएको निर्वाचन कार्यालय बर्दिबासले जनाएको हो ।

बर्दिबास नगरपालिकामा निर्विरोध निर्वाचित हुने उनी पहिलो महिला जनप्रतिनिधि बनेकी छन् ।

बर्दिबास नगरपालिकामा माओवादी केन्द्रलाई माया गर्ने भएकाले आफू मात्र हैन माओवादी केन्द्रका सबै उम्मेदवार निर्वाचित हुने उनले दाबी गरिन् ।